Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


अर्थतन्त्रमा मन्दी छाएको उद्योग वाणिज्य महासंघको निष्कर्ष

बजारमा माग सिर्जना हुने गरी नीति बनाउन सरकार र राष्ट्र बैंकलाई सुझाव

1.6k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्र मन्दीमा गएको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा लामो समयदेखि विद्यमान मन्दीको अवस्थालाई प्रतिविम्वित गरेको महासंघको भनाइ छ ।

तथांक विभागले चालु आर्थिक वर्षमा एक दशमलव ८६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको उल्लेख गर्दै महासंघले पछिल्ला तीन त्रैमासको ऋणात्मक अवस्थाले अर्थतन्त्र मन्दीमा गएको पुष्टि गर्ने तर्क पनि महासंघको छ ।

उत्पादनमूलक, निर्माण र व्यापार क्षेत्रको वृद्धिदर ऋणात्मक हुनु भनेको निजी क्षेत्रको गतिविधि संकुचित हुदै गएको प्रष्ट हुने महासंघको भनाइ छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंक संवेदनशील नभए थप समस्या बढ्ने भन्दै महासंघले अर्थतन्त्रलाई मन्दीबाट उकास्न बजारमा माग सिर्जना हुने नीति बनाउनु पर्ने सुझाव पनि दिएको छ । त्यसका लागि अनावश्यक खर्च कटौती गर्न, महँगी नियन्त्रण गर्न र ब्याजदर घटाउन उपाय अवलम्वन गर्न पनि महासंघले सुझाव दिएको छ ।