Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


बेरुजु फर्छ्यौट गर्न जिससलाई पाँच बुँदे निर्देशन


247
Shares

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्यौट गर्न जिल्ला समन्वय समितिलाई पाँच बुदेँ निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौट कार्यमा उच्च प्राथमिकता दिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुस्करले ७७ वटै जिल्ला समन्वय समितिलाई पाँच बुदेँ निर्देशन दिनुभएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ बमोजिमको दायित्व र जिम्मेवारी पूरा गर्नेगरी तत्काल बेरुजु फर्छ्यौट कार्यमा उच्च प्राथमिकता दिन सचिव पुष्पकरले निर्देशन दिनुभएको हो ।

निर्देशनमा आवश्यक प्रमाण तथा कागजात जुटाई तथ्यपरक प्रतिक्रिया तयार गरेर पुष्टिसहित सक्कल टिप्पणी फाइल नियमित गर्नका लागि आगामी जेष्ठ १५ गते भित्र मन्त्रालयमा उपलब्ध गराउने उल्लेख छ ।

बेरुजु फछ्र्यौटको प्रतिशतलाई कार्यसम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधारको रुपमा समेत लिइने भन्दै आर्थिक वर्ष २०७९/८० को बेरुजु फछ्र्याैट कार्ययोजना र मार्गर्दशन प्राप्त भएको समेत निर्देशनमा स्मरण गराइएको छ ।