Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी


26
Shares

काठमाडाैं । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ ।

पछिल्लो सयम देखिएको उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो ।

महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक मुद्धालाई सम्वोधन गर्न संयुक्त पहल गर्नुपर्नेमा जोड दिनुभयो । विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने ढकालको भनाइ छ ।

मौद्रिक नीतिका केही नीतिगत व्यवस्थाहरु हेरफेर गरेर भएपनि ब्याजदर घटाउन पहल गर्नुपर्ने ढकालले बताउनुभयो । मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसंग जोडिएका विभिन्न विषयमा सरकारले आश्वासन दिने तर कार्यान्वय नगर्ने अवस्था सिर्जना भएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लको भनाईछ ।

मुलुकको अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेका बेला अख्तियार सम्वन्धी विधेयकले निजी क्षेत्रमा थप अन्यौल र मनोबल गिराउने काम गरेको अध्यक्ष मल्लले बताउनुभयो । बैंक तथा वित्तीय संस्थामा कायम उच्च ब्याजदरलाई तत्काल घटाउन संयुक्त रुपमा पहल गर्नुपर्ने जोड दिइएको छ ।