 
	    काठमाडौं । बझाङमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ ।
मंगलबार बझाङको सुर्मा गाउँपालिका–४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो ।
यार्सागुम्बा संकलन गर्न गएका उनको घर फर्किने क्रममा हिमपातमा परी कठ्यांग्रिएर बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस्तै, गत सोमबार सुर्मा गाउँपालिका–५ सैन गाउँका ३३ वर्षीय कलक बोहराको पनि चिसोले कठ्याङ्ग्रिएर मुत्यु भएको थियो भने सुर्मा गाउँपालिका द्यौलिचौरकी ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्