काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गर्नुभएको छ ।
आज तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २ दशमबल १६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताउनु भयो ।
उहाँले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दिमा गएको संकेत गरेको बताउनु भयो ।
उहाँले मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दा समेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतिका बारेमा कुनै चासो चिन्ता नभएको आरोप पनि लगाउनुभयो ।









प्रतिक्रिया दिनुहोस्