१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


जातीयताविरुद्ध आयोजित सांगीतिक कार्यक्रममा नाजीविरोधी नारा


0
Shares

जर्मनी, भदौ १९ । जर्मनीको पूर्वी शहर केम्नित्समा जातीयताविरुद्ध आयोजित सांगीतिक कार्यक्रममा हजारौं मानिस सहभागी भएका छन् ।

करिब ६५ हजार सहभागी कार्यक्रममा केहीले नाजीहरुलाई निकाल भन्नेसम्मका नारा लगाएका थिए । गत महिना दुईजना संदिग्ध आप्रवासीले एक जना ३५ वर्षीय जर्मन नागरिकलाई चक्कु आक्रमणबाट हत्या गरेपछि  शहरमा चरम दक्षिणपन्थीहरूको प्रदर्शन र त्यसको जवाफी प्रदर्शनहरू भइरहेका छन् ।

यसअघि गत सोमबार एक जना अफगानिस्तानका आप्रवासीलाई जर्मन केटी साथीको हत्याको अभियोगमा आठ वर्ष जेल सजाय सुनाइएको थियो ।

उक्त घटनालाई चरम दक्षिणपन्थी समूहहरूले आप्रवासीविरोधी अभियानका रुपमा प्रयोग गरेका छन् । कार्यक्रम चलिरहँदा शनिबारको प्रदर्शनमा पत्रकारमाथि आक्रमण गरेका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो । (एजेन्सी)