Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


फिनल्याण्डमा एक नेपाली दम्पत्तिलाई जेल सजाय


1.2k
Shares

काठमाडौं । फिनल्यान्डमा मानव तस्करी र ठगी अभियोगमा एक नेपाली दम्पत्तिलाई जेल सजााय सुनाइएको छ ।

फिनल्याण्डमा रहेका गैर आवासिय नेपाली संगठन एन.आर.एन.ए.का अगुवा देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मन्जु शर्मालाई स्थानीय अदालतले जेल सजाय सुनाएको हो ।

राजधानी हेलसिन्कीमा रहेको नेपाली रेस्टुराँमा दुई नेपाली कामदारलाई वर्षौंसम्म तलब, सेवा–सुविधा नदिएको र मानव तस्करी गरेको पुष्टि भएपछि त्यहाँको जिल्ला अदालतले रेस्टुराँका नेपाली मालिकलाई क्षतिपूर्ति भराउने सहितको सजाय सुनाएको हो ।

रेस्टुराँ हिमालयका सञ्चालक दम्पतीद्वयलाई एक वर्ष ८ महिना जेल सजाय तोकिएको छ । तर, जेल सजायको हकमा भने ‘कन्डिसनल’ भन्दै शर्मा दम्पतीको अबको गतिविधि हेर्ने र ठगी तथा मानव तस्करीका अरु प्रकरण बाहिर नआएमा सजायमा ‘पुनर्विचार’ हुन सक्ने उल्लेख छ ।

दोलखाको मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले दायर गरेको मुद्दामा अदालतले थापाका पक्षमा झन्डै २ करोड ४० लाख रुपैयाँ र खरेलका पक्षमा झन्डै १ करोड ८२ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको हो ।

सन् ९० को दशकमा फिनल्यान्डमा नेपाली रेस्टुराँ सुरूवात गरेपछि गुल्मी, अघाँखाँची, बागलुङ, पाल्पालगायत जिल्लाबाट आफन्तजन लगेर रेस्टुराँका काममा लगाउँदै आएका देवीदत्त शर्माले नेपालबाट कामदार लैजाने ‘एजेन्ट’ सरहको काम गर्दै आएको जनाइएको छ ।