१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


श्रमिकलाई शिक्षा र स्वास्थ्यको निःशुल्क सेवा दिनुपर्छ : अध्यक्ष लिङ्देन


130
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यले श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताउनुभएको छ ।

सोमबार १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संवद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले श्रमिकहरुलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताउनुभएको हो ।

उहाँले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि बताउनुभयो । अध्यक्ष लिङदेनले श्रमिकहरुलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङदेनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरुले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले देशका श्रमिकहरुलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने बताउनुभयो ।