१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


‘कृति अवार्ड’ भदौ ७ गते


0
Shares

काठमाडौं, असार ४ । नेपाल विज्ञापन संघ (आन) र चौधरी ग्रुपले दशौं ‘कृति अवार्ड’को ‘टाइटल स्पोन्सर’सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

संघले आगामी भदौ ७ गते आयोजना गर्न लागेको कृति अवार्डको सम्बन्धमा  सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल र ग्रुपका  प्रबन्धक निर्देशक निर्वाण चौधरीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सोही अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले विगत केही वर्षदेखिका संस्करणहरुमा सीजी ग्रुपले प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्नसकिने बताए ।

यस्तै, संघका अध्यक्ष रिजालले नेपाल विज्ञापन संघ र सीजी ग्रुपबीच सहकार्य रहिरहने विश्वास व्यक्त गरे ।

कृति अवार्डको दशौं संस्करणमा २५ विधामा उत्कृष्ट विज्ञापन सर्जकलाई पुरस्कृत गरिने संघले जनाएको छ ।