एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सानदार जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ४–० को सानदार जित निकालेको हो ।
खेलको १४ औं मिनेटमा आन्द्रेअस क्रिस्टियनले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाए । ३९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई तेब्बर अग्रता दिलाए । त्यसपछि ८२ औं मिनेटमा गुइडो रोड्रिग्वेजले आत्मघाती गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो ।
खेलको ३३ औं मिनेटमा एड्जर गोन्जालेजले दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएपछि बेटिस १० खेलाडीमा समेटिन पुग्यो ।
शनिबार रातिको खेलमा डेब्यु गर्दै बार्सिलोनाका १५ वर्षीय खेलाडी लामिने यमालले क्लबको लागि लिग खेल्ने कान्छो खेलाडीको किर्तिमान पनि बनाएका छन् । यमाल बार्सिलोनाकै फुटबल एकेडेमीका उत्पादन हुन् ।
जितसँगै शीर्षस्थानको बार्सिलोनाको ३२ खेलबाट ७९ अंक छ । पराजित टिस ४९ अंक जोडेर छैटौं स्थानमा छ ।






प्रतिक्रिया दिनुहोस्