
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले आस्था र मर्यादामा आँच नपुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।
शुक्रबार पूर्व राजा शाहको संवाद सचिवालयद्वारा जारी सूचनामा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्याउन आग्रह गरिएको हो ।
एमाले अध्यक्ष ओलीले बिहीबार इलाममा आयोजित एक कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको दाबी गर्नुभएको थियो । तर पूर्व राजाको सचिवालयले पूर्व राज परिवारबाट कुनै पनि सामाजिक सञ्जाल संचालन नभएको जनाएको छ ।

पूर्व राजपरिवारले कुनै पनि सामाजिक सञ्जाल संचालन नगरेको बारे यस अघि सचिवालयले २०७८ मंसिर २३ गते नै पनि स्पष्ट गरिसकेको पनि सूचनामा उल्लेख छ । ओलीले बिहिबार पूर्वराजालाई लक्षित गर्दै पुरानो हिसाव किताब धेरै रहेको तर आफूहरुले त्यसै छोडेको भन्दै आलोचना गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्