
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार मापदण्ड विपरीत संचालन गरिएकाे कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।
बिहीबार महानगरले विगत ५ वर्षदेखि घरको सटरमा संचालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेकाे हो । असुरक्षा बढेको भन्दै उजुरी परे पनि महानगरले आयल निगमलाई महानगरभित्र पर्ने पेट्रोल पम्पहरूको अवस्थाको बारेमा सोधेको थियो ।
साथै निगमले मापदण्ड बाहिरका पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने प्रतिबद्धता जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्