७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


दसैंमा उपत्यकाका लागि ७० हजार खसीबोका


0
Shares

काठमाडौं, भदौ १९ । यस वर्षको दसैंमा उपत्यकामा ७० हजार संख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दसैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झण्डै ७० हजार संख्यामा खसीबोका उपत्यका ल्याउने तयारी छ ।

दसैंमा अधिकांश नेपालीले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका खपत हुने भएको हो । गत वर्षको दसैंमा ५० हजार संख्यामा खसीबोका खपत भएका थिए ।

यो वर्ष गत वर्षको तुलनामा २० हजार बढी खसीबोका खसीबोका खपत हुने अनुमान व्यवसायीले गरेका छन् । –कारोबार दैनिकबाट