२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


हैटीमा गाउँलेले गरे गुण्डाहरुको हत्या


6.513k
Shares

एजेन्सी । हैटीमा सशस्त्र गुण्डा समूहको अराजक गतिविधीका कारण आजित भएका सर्वसाधारणले १३ जना गुण्डाको समूहलाई ढुंगा हानेर मारेका छन् ।

राजधानी पोर्ट ओ–प्रिन्सका नजिकै उक्त घटना भएको जनाइएको छ । गाउँलेहरूले १३ जना गुण्डालाई ढुंगाले हानी हत्या गरेपछि पेट्रोल छर्किएर जलाएका थिए ।

हतियारधारी गुण्डा समूहका कारण हेइटीमा सर्वसाधारण मारमा पर्दा पनि सरकारले सहयोग नगरेपछि गाउँलेले यस्तो कदम चालेका हुन् ।

सन् २०२१ जुलाई ७ मा राष्ट्रपति जोभिनेल मोइजको हत्यापछि हावी बनेको गुण्डाहरुको गतिविधीले सर्वसाधारण असुरक्षित बनेका छन् ।

हैटीमा कुख्यात गुण्डा समूहहरू लुटपाट र हत्यामा सक्रिय हुने गरेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार यही अप्रिल १४ देखि १९ सम्म मात्रै गुण्डा समूहले १८ महिला र दुई बालबालिकासहित ७० जनाको हत्या गरिसकेका छन् ।