बारा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत जारी मतगणनामा बारा २ मा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राख्नु भएकाे छ ।
मंगलबार राति ८ बजेको मतपरिणाम अनुसार यादवले २२ हजार ९६ मत पाउनु भएकाे छ। त्यस्तै उनलाई पछ्याइरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाउनु भएकाे छ ।
यादव कुशवाहाभन्दा २ हजार ८१७ मतले अगाडि छन्। त्यस्तै एमालेका पुरूषोत्तम पौडेलले ६ हजार ३५४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६०० मत पाएका छन्। बारा-२ मा ६८ हजार ८८७ मत खसेको थियो।




प्रतिक्रिया दिनुहोस्