Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


मधेस प्रदेशका मुख्यमन्त्री यादवले आयाेगलाई बुझाए यस्ताे स्पष्टीकरण


429
Shares

काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभइ नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिनुभएको छ ।

आयोगले उहाँलाई यही वैशाख १० गतेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको सम्बन्धमा उक्त दिन स्पष्टीकरण सोधेको थियो ।

मुख्यमन्त्री यादवले आयोगमा पेस गरेको स्पष्टीकरणमा उहाँले आफूले निर्वाचन प्रयोजनका लागि नभइ त्यहाँ व्यक्तिगत कामले गएकोमा सरकारी गाडी प्रयोग नगरी मुख्य निर्वाचन अधिकृतबाट स्वीकृति लिएको निजी गाडी प्रयोग गरेकाले निर्वाचन आचारसंहिताको उलङ्घन हुने कुनै पनि कार्य नगरेको स्पष्ट पार्नुभएको छ ।