Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


क्यानडा पठाईदिन्छु भन्दै ९ लाख ठगी गर्ने महिला पक्राउ


1.1k
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका १८ घर भई गोकर्णेश्वर नगरपालिका बस्ने विपना कुँवरले रहेकी छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकी कुँवरले वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ९ लाख ठगी गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

कुँवरले क्यानडा पुगेपछि वेइटरमा काम लगाई दिने र राम्रो कमाई हुने भन्दै सुनिता गोतामेसंग ९ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् ।