
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्ध गर्ने चेतावनी दिनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले विकास परियोजनाहरुको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौंता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताउनुभयो ।
मन्त्री ज्वालाले विकास आयोजनाहरुको कामलाई अस्तव्यस्त बनाउने अवस्थाबाट मुक्त गराउन आफूले सम्बन्धित पक्षलाई सचेत गराएको पनि संसदलाई जानकारी गराउनु भयो ।
मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्