
एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेक चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् ।
‘द कपिल शर्मा शो’ को यही सिजनमा आफू फेरि एकपटक देखिने कुरा कृष्णा आफैंले भारतीय सञ्चार माध्यमहरुसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् ।
वास्तवमा च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान भएको बताएका छन् । उनले पैसाको विषयमा पनि विवाद समाधान भइसकेको र अब आफूलाई काम गर्न कुनै आपत्ति नरहेको बताएका छन् ।
कृष्णाको ‘द कपिल शर्मा शो’ छोड्ने कुनै मनसाय नभएको तर, पैसा र सहकार्यमा केही समस्या भएकाले शाे छाेडेकाे र अहिले सम्झौता परिवर्तनका कारण उनी शोमा फर्किएकाे बताएका छन् । उनले आफ्नो लागि यो शो र यहाँका मानिस परिवार जस्तै भएको बताएका छन् ।
यस्तै, कृष्णाले शो मा काम गर्ने अन्य कलाकार र शो का सञ्चालक कपिल शर्मासँग कुनैपनि किसिमको विवाद नभएको र अहिलेपनि आफूहरुको सम्बन्ध राम्रो रहेको बताएका छन् ।
उनले अन्तर्वार्तामा भनेका छन्,’ यस शो का निर्माता र च्यानलसँग मेरो धेरै पुरानो सम्बन्ध छ । त्यो सम्बन्ध यति पवित्र र राम्रो छ कि म फर्केर आएको छु । मलाई बारम्बार कार्यक्रममा बोलाउनुहुने दर्शकहरुप्रति पनि म आभारी छु ।’
अहिले ‘द कपिल शर्मा शो’ को चौथो सिजन चलिरहेको छ । केही अगाडि शो का सञ्चालक कपिलले आफ्नो टोली छुट्टी लागि जुलाईमा अमेरिका भ्रमणमा जाने र केही समयपछि अर्को नयाँ सिजनका साथ कायक्रम सञ्चालन गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्