Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


बारा-२ को प्रारम्भिक मतगणनामा यादवलाई अग्रता


4.6k
Shares

बारा । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर -२ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता लिनुभएकाे छ ।

बारा-२ मा सार्वजनिक भएको प्रारम्भिक मतगणना अनुसार ६७० मत गणना हुँदा यादवले २२४ मत पाउनु भएकाे छ ।

यसैगरी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत पाउनु भएकाे छ ।

एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाउनु भएकाे छ भने रास्वापाका रमेश खरेलले ८० मत पाउनु भएकाे छ ।सो क्षेत्रमा आइतबार मतदान भएको थियो । मतगणना भने सोमबारबाट सुरु भएको हो । गत वर्ष मंसिर ४ मा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव विजयी हुनुभएको थियो । चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षे खाली भएको थियो । त्यही कारण उपनिर्वाचन भएको हो ।