Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


धनकुटामा पत्रकारका लागि निःशुल्क आँखा शिविर सञ्चालन


52
Shares

धनकुटा । धनकुटाका पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएकाे छ ।

साेही शिविर सञ्चालन गरेर आइतबार पत्रकारहरूकाे निःशुल्क आँखा जाँच समेत गरिएको हाे । नेपाल नेत्रज्योति संघ धनकुटाको आयोजना, डा.रामप्रसाद आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघ धनकुटाको सहकार्यमा धनकुटामा क्रियाशील पत्रकारहरुको आँखा जाँच गरिएको हो ।

धनकुटालाई कार्य क्षेत्र बनाएर पत्रकारिता गरिरहेका करिब ३० जनाले आँखा शिविरमा सेवा लिएको नेत्रज्योति संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिनुभयो । आधुनिक प्रविधिको विकाससँगै पत्रकारहरु लामो समयसम्म ल्यापटप, कम्प्युटर चलाई रहनुपर्ने हुन्छ ।

जसका कारण आँखामा हुन सक्ने जोखिमलाई कम गर्न र आँखाको अवस्थाकाे बारेमा बुझ्ने तथा आवश्यक सुरक्षाको प्रबन्धका लागि आँखा जाँचका गर्नका लागि नेपाल पत्रकार महासंघ धनकुटा शाखको पहलमा शिविर सञ्चालन गरिएकाे नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।