२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


आज देशैभरी मेघगर्जन र चट्याङसहित वर्षा हुने


169
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। त्यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै, तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

सोमबार राति भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।