काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भएकाे सर्वदलीय बैठकमा सहमति जुट्न सकेकाे छैन ।
सहमति जुट्न नसकेपछि मतगणना आज सुरु नहुने स्राेतकाे भनाइ छ । स्राेतका अनुसार सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुटेपछि मतगणना प्रभावित भएको हो ।
रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभई मतगणना नगर्ने कांग्रेस र एमालेका उम्मेदवारको अडानले सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो । भोलि बिहान पुनः बस्ने गरी बैठक स्थगित भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।




प्रतिक्रिया दिनुहोस्