Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


आचारसंहिता उल्लंघन गरेको भन्दै वाग्लेसँग स्पष्टीकरण माग


2.3k
Shares

काठमाडाैं । रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण माग गरिएकाे छ ।

तनहुँ १ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले वाग्लेसँग स्पष्टीकरण मागेको हाे ।

वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको उजुरी परेपछि स्पष्टीकरण माग गरिएकाे हाे ।

उजुरीपछि आचारसंहिता अनुगमन समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न वाग्लेलाई निर्देशन दिएको हो।