Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


आचारसंहिता उल्लघंनकाे विषयमा रास्वपाले माफी मागेपछि मतदान सुरु


3.6k
Shares

चितवन । चितवन क्षेत्र नं. २ को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । आचारसंहिता उल्लघंनकाे विषयमा रास्वपाले माफी मागेपछि मतदान सुरु भएको हाे ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।