Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


प्रदेश सरकार निर्माणको बेलामा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह


299
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रसँग सहयोग माग्नुभएको छ ।

शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत माग माग्दै उहाँले सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

प्रदेश सरकार निर्माणको बेलामा गरेको सहकार्यको प्रतिबद्धता कार्यान्वयन गर्न अनुरोध गर्दै उहाँले बिना कारण अस्थिरता सिर्जना गर्ने कार्य राजनीतिक नैतिकता, आचारण, व्यवहार र सिद्धान्तभित्र नपर्ने तर्क गर्नुभयो ।

राजनीतिक पार्टीहरु नीति, विचार, नेतृत्व र विधिले चल्ने भन्दै उहाँले पार्टीगत क्षणिक स्वार्थलाई प्राथमिकतामा राखेर गरिने कामहरु गैरराजनीतिक हुने बताउनुभयो ।

विश्वासको मत माग्दै उहाँले हाल भइरहेका गैरराजनीतिक क्रियाकलाप तथा अस्थिरता निम्तिने सबैखालका गतिविधिदेखि टाढा रही देश र जनतालाई केन्द्रमा राख्न सकै राजनीतिक दललाई आग्रह गर्नुभयो ।