१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


डढेलो निभाउने क्रममा घाइते भएका थप एकको मृत्यु


78
Shares

काठमाडौं । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हाे ।

गत बिहीबार धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर गम्भीर घाइते भएका थिए । उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएकाे छ ।

सोही जंगलको डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।