९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


सरकारको गति देखेर आश्चर्य नमान्नोस् : भट्टराई


0
Shares

झापा, भदौ १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले वर्तमान सरकारले ठूलो र दीर्घकालीन लक्ष्य लिएको भन्दै सरकारको अहिलेको गति देखेर आश्चर्य नमान्न आग्रह गरेका छन् ।

अहिले नै केही भएन भनेर आत्तिने अवस्था नरहेको उनको भनाइ छ ।

सोमबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा उनले संघीयतामा देशले भर्खर बामे सर्दै गरेकाले यो पनि सफल हुने दाबी गरे ।

पर्यटन नै नेपालको प्रमुख आयस्रोत हुनसक्ने भन्दै भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरकोमात्रै प्रचार गर्नसके पनि प्रदेश नम्बर–१ समृद्ध बन्ने बताए ।