१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर देखिएन : सांसद बडू, विधेयक पेस


0
Shares

काठमाडौं, भदौ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सत्यतथ्य बाहिर ल्याउन ढिलाइ गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

उनले स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिको गल्तीका कारण कन्चनपुरमा थप जनधनको क्षति भएको भन्दै ‘अनुसन्धानमा भइरहेको ढिलाइले आशंका जन्माएको छ’–भने ।

सांसद बडूले प्रहरी प्रशासनले समयमा नै अनुसन्धानलाई प्राथमिकता नदिँदा अहिलेको अवस्था आएको र निर्दोषलाई पटक–पटक पीडा दिएको बताए ।

विधेयक पेस

प्रतिनिधिसभाको सोमबारको बैठकमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछूत विधेयक र भूमिसम्बन्धी सातौ संशोधन विधेयक पेस भएका छन् ।

यस्तै, बैठकले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक र खाद्य अधिकारसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।