Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईपीएल : पन्जाबलाई हराउँदै बेङ्गलोर विजयी


234
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पन्जाब किङ्ग्सलाई पराजित गरेको छ ।

मोहालीमा बुधबार भएको पहिलो खेलमा बेङ्गलोरले घरेलु टोलीलाई २४ रनले पराजित गरेको हो । बेङ्गलोरले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको पन्जाब १८ ओभर २ बलमा अलआउट भयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनायो ।

यो जितसँगै बेङ्गलोर छ खेलमा छ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पन्जाब उति नै अङ्कसहित सातौँ स्थानमा छ ।