Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


प्रधानमन्त्री दाहालविरुद्ध रास्वपाले दियाे उजुरी


28.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उजुरी दर्ता गराएकाे छ ।

प्रधानमन्त्री दाहाललाई कारबाही गर्न माग गर्दै रास्वपाले तनहुँ-१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएकाे हाे ।

बाहलवाला प्रधानमन्त्रीले मतदाता प्रभावित पार्ने प्रयास गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दर्ता गराउनु भएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डले बुधबार भएको गठबन्धनको चुनावी सभामा आफ्ना उमेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिँदै भाषण गरेका गर्नु भएकाे थियाे ।

राज्यशक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग छ ।