Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अर्थमन्त्रालयकाे सल्लाहकारमा तीन जना नियुक्त


364
Shares

काठमाडौं । सरकारले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जनालाई नियुक्त गरेको छ ।

आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई सरकारले नियुक्त गरेको हो ।

‘पौडेल र पाण्डेले अर्थमन्त्री प्रकाशशरण महत तथा मन्त्रालयलाई अवैतानिक रुपमा सल्लाह दिनेछन्‚’ अर्थमन्त्रालय स्रोतले भन्यो‚ ‘भट्टलाईलाई राष्ट्र बैंकबाट काजमा मन्त्रालय तानिएको हो ।’

अहिले बजेट निर्माणमा मुख्य भूमिका खेल्नेगरी सल्लाहकार समूह बनाइएको बताइएकाे छ ।