Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


काेराेनाकाे कहर : १ सय ८ जनामा संक्रमण


169
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय ८ जनामा कोरोना संक्रमण भएकाे पुष्टि गरेकाे छ।

मन्त्रालयका अनुसार २४५० जनामा परीक्षण गदाए १०८ जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर सक्रिय संक्रमित ३८६ रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

यो अवधिमा ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्।