२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून बनाउनपर्छ : सांसद घिमिरे


65
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून बनाउन माग गर्नुभयो ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून बनाउन माग गर्नुभएको हो ।

निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागी हुन पाउने व्यवस्था पनि कानूनमा उल्लेख गर्नुपर्ने उहाँको माग छ ।

उहाँले सो कानून कहिलेसम्म आउँछ भन्ने पनि विभागिय मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।