
फाइल तस्बिर
काठमाडौं । छातीमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले जानकारी दिनुभयाे। राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहनेछन् ।
सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उनी निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् । उनको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ ।





प्रतिक्रिया दिनुहोस्