Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा


273
Shares

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद शर्माको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ । तिमिल्सिनाले शर्मालाई मङ्गलबार प्रेस सल्लाहकार नियुक्त गर्नुभएको हो ।

पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा हुनुहुन्छ। विसं २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक हुनुहुन्थ्यो ।

उहाँले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायतका सञ्चार संस्थामा काम गर्नुभएको छ । शर्मा प्रेस चौतारी नेपालको पूर्ववरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ ।