
काठमाडौं । नेकपा (एमाले)का सांसद भिमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाउनु भएको छ ।
६ महिना करिब हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उहाँको टिप्पणी थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गर्नुभयो । उहाँले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराउनुभयो ।
सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने उहाँको माग थियो । सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि पटकपटक दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्