काठमाडौं । एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप ‘ई बी एल टच २४’ मार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।
यो सेवा सुरुआत भएसँगै एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाट-भटेनी सुपर मार्केट, बिग मार्टलगायत स्मार्ट क्यूआर नेटवर्कमा आवद्ध २ लाख बढी मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने छन् ।
ग्राहकले भुक्तानी गरेलगत्तै रकम सीधै एभरेस्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको यस स्मार्ट क्यूआरको सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने बैंककोे विश्वास छ ।




प्रतिक्रिया दिनुहोस्