१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


थप १०४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


273
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ यस ३२ जनामा गरिएको नमुना परीक्षणमा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोमबार ६० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल कोरोनाका ३ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।