Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


शेयर बजार २३.६४ अंकले घट्यो


52
Shares

काठमाडौं । हिजो आइतवार सामान्य घटेको शेयर बजार आज साेमवार २३.६४ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से सूचक घटेर १९०८.०४ विन्दुमा पुगेको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।

आज दुई सय ६७ वटा कम्पनीका ३१ लाख ४४ हजार कित्ता शेयर ९२ करोड ७८ हजार रुपैयाँमा कारोबार भएका छन् ।