
कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको ३ तलामाथिबाट खसेर गम्भीर घाइते हुनु भएकाे छ ।
चितवनको भरतपुर-११ स्थित एक घरको ३ तलामाथिबाट खसेर आइतबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापा गम्भीर घाइते हुनुभएकाे हाे । थापा सोमबार बिहान ४ बजेतिर घरको छतबाट भुइँमा खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।
थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै थापा आइतबार राति घरकाे छतमा सुत्नुभएकाे प्रहरीकाे भनाइ छ ।
थापाकाे अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्