Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईपिएल क्रिकेटमा राजस्थान र मुम्बई विजयी


143
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल टी–२० क्रिकेटमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स विजयी भएका छन् ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटान्सलाई ३ विकेटले पराजित गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएकाे थियाे ।

जवाफमा १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गरेकाे हाे । आइतबार नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेकाे हाे ।

खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएकाे थियाे । जवाफमा १ सय ८७ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।

आइतबार राति भएको खेलपछि आईपिएल तालिकामा ५ खेलबट ८ अंक जोडेको राजस्थान शीर्ष स्थानमा उक्लिंदा समान खेलबाट ६–६ अंक जोडेको लखनउ, गुजरात र पञ्जाब क्रमशः दोस्रो, तेस्रो तथा चौंथो स्थानमा रहेका छन् ।