१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


नवनियुक्त परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनीयताको शपथ


455
Shares

फाइल तस्बीर

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएकाे छ ।

आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गराउनु भएकाे हाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्री बनाउँन सिफारिस गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गर्दै शपथ ग्रहण गराउनु भएकाे हाे ।

साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए । वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनु भएकाे छ ।