१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


बैठकमा नियमावलीमा आधारित भएर अभिव्यक्ति दिन सभामुखकाे आग्रह


0
Shares

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा सभा बैठकको सुरुमै उहाँले विषयबस्तु र प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्ना भनाईहरु राख्न सांसदहरुलाई सचेत गराउनु भएको हो । सभामुख घिमिरेले भन्नु भयो, ‘माननीय सदस्यहरु, विषयमा आधारित भएर माननीय सदस्यहरुले खासगरी नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिनुहुनेछ ।’

सांसदहरुले आकस्मिक समय, शुन्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमै गरिएको हुन्छ । सोही अनुसार सांसदहरुले संसदमा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाई थियो ।