
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन बस्ने काठमाडौंको गैरीधारामा रहेकाे घरमा शुक्रबार राति गोली चलेको छ ।
तीर्थमालीको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा नेता वर्षमानकी आमा घाइते हुनुभएकाे हाे । उहाँकाे देब्रे खुट्टामा गोली लागेको छ । उहाँको अहिले वीर अस्पतालकाे ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएकाे छ ।
गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रकाश कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । पुन नातामा तीर्थमायाको नजिक नाति पनि पर्छन् । शुक्रबार राती भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
‘असावधानीवश’ गोली पड्केको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नयाँ वर्ष मनाउने भन्दै प्रकाश शुक्रबार राति गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए । तीर्थमाया छोराहरु डेभिड पुन र प्रनिश पुनसँग बस्नुभएकाे थियाे ।
डेभिड र प्रनिश नेता वर्षमानका भाइ हुन् । केही समय अघि प्रकाश पनि त्यही घरमा बस्दै आएका थिए । तर अहिले प्रकाश छुट्टै काेठा लिएर बस्ने गरेको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्