सोल । नेपाली काग्रेसका युवा नेता प्रदीप पौडलले कोरियामा रहेका नेपालीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आब्हान गरेका छन् ।
दक्षिण कोरियाको राजधानी सोलमा नेपाली जनसम्पर्क समितिले गरेको ‘संघिय संरचना र समृद्ध राष्ट्र निर्माणमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा बौल्दै पौडेलले कोरियामा मेहनत गरेर कमाएको पैसा उत्पादन मुलक क्षेत्रमा लगानी गर्न भनेका हुन् ।
‘उत्पादनमुलक क्षेत्रमा लगानी गर्दा त्यसले नयाँ रोजगारी पनि सृजना गर्छ, लगानीको वातावरण पनि बढ्दै जान्छ,’ नेता पौडेलले भने ।
उनले सघीयता सफल बने मात्र संविधान सफल हुने भन्दै संघियतालाई बलियो बनाउँन देश विदेमा रहेका नेपाली समूदाय सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।
संघीयता बलियो बनाउँन प्रशासनिक खर्च कम गर्ने, करको व्यवस्थापन गर्ने, उद्यमशिलता लाई प्रोत्साहन गर्ने र चन्दा संकलन बन्द गर्नु पर्नेमा उनको जोड थियो ।
एक अर्को प्रसंगमा पौडेलले गुणस्तरीय शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुने भन्दै नागरिकता दिएर मात्र राज्यको दायित्व पुरा नहुने उल्लेख गरे ।
‘पैसा हुनेले मात्र गुणस्तरीय शिक्षा पाउने, गरिवले विरामी हुदा उपचार गर्न नसक्ने अवस्था हुनुहुदैन, सबैलाई समान सेवा सुविधा राज्यले दिनु पर्छ,’ पौडेलले थपे ।
नेपाली कामदारहरुले खाडी लगायत राष्ट्रमा अन्तरष्ट्रिय मापदण्ड विपरित काम गरिहेका हुदा कोरिया आए जस्तो जिटुजी सम्झौता आवश्यक रहेको समेत बताए ।
उनले नेपालीले जहाँ रहे पनि मतदान गर्न पाउँनु पर्ने समेत बताएका छन ।
कार्यक्रममा पूर्व मन्त्री तथा सांसद मीन विश्वकर्माले वर्तमान सरकारले एक पछि अर्को विषयलाई ल्याएर संविधानलाइ मिच्दै गएको बताए ।
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष परशुराम सापकोटाले राजनीतिमा लागेका युवाहरु मिलेर किन काम गर्न नसकेको भनि प्रतिप्रश्न गरे ।
अर्का वक्ता जन प्रगतिशिल मञ्च कोरियाका अध्यक्ष खगेन्द्र बुढा मगरले नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका समेत निभाउन नसकेको बताए ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्कीले कोरियामा गरिने कार्यक्रमहरु सकरात्मक सोचतर्फ प्रेरित हुनु पर्ने बताए ।
एनआरएन अध्यक्ष लक्ष्मी गुंरुङले विदेशमा बस्ने नेपालीले नेपाललाई धेरै माया गर्ने भन्दै नेपालीको नोट चल्ने तर भोट नचल्ने अवस्था हुन नहुने बताए । उनले लगानीको सहि वातावरण हुनेपर्नेमा समेत जोड दिए ।
कार्यक्रम जन सम्पर्क समिति दक्षिण कोरियाका सभापति आस्था विन्दु मल्लको सभापतित्वमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्