
web pic
काठमाडौं । राष्ट्रियताको महत्त्व दर्शाउने उद्देश्यले शुक्रबार माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ ।
विभिन्न संघ संस्थाको आयोजनामा ८ औं राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपराह्न ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।
अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्त्व दर्शाउने उद्देश्यले शुक्रबार देशका २४ वटा जिल्लामा‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा नागरिकमा राष्ट्रियताको भावनाको कमी हुँदै गएको छ, नागरिकमा राष्ट्रियता जगाउन पनि महोत्सवको आयोजना गरिएको हो ।’





प्रतिक्रिया दिनुहोस्