काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठले इलाम-माइपोखरी म्याराथुन जितेका छन् ।
४२. २ किलोमिटर दुरी उनले २ घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गरी अरू सहभागीलाई पछि पारेका हुन । विजेता बनेसँगै श्रेष्ठले नगद अढाई लाख पुरस्कार पाएका छन् । पुरुषतर्फ आर्मीकै मोहनदेव जोशी दोस्रो बने । उनले ३ घण्टा ५ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरे ।
जोशीले डेढ लाख नगद पाएका छन् । आर्मीकै बेद सुनुवार तेस्रो बने । सुनुवारले ३ घण्टा ५ मिनेट ३५ सेकेन्डमा दुरी पार गरेका हुन् । उनले १ लाख नगद पुरस्कार पाए । पुरुषतर्फ ९७ धावक सहभागी भएका थिए ।
यस्तै, २१.१ किलोमिटरको महिला म्याराथुन नेपाल पुलिसकी रापुरा पछाईले जितेकी छन् । उनले निर्धारित दूरी १ घण्टा ४७ मिनेट ४५ सेकेन्डमा दुरी पार गरिन् । विजेता बनेसँगै उनले नगद १ लाख पुरस्कार हात पारिन । महिलातर्फ सशस्त्र प्रहरीको एपिएफकी पुष्पा भण्डारी दोस्रो भइन । १ घण्टा ५८ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरी उनले नगद ५० हजार पुरस्कार पाइन् ।
आर्मीकी पूर्णलक्ष्मी नेउपानेले १ घण्टा ५९ मिनेट १९ सेकेन्डमा दूरी पार गरी तेस्रो भइन् । उनले नगद ३५ हजार हात पारिन् । महिलातर्फ २७ धावक सहभागी थिए ।






प्रतिक्रिया दिनुहोस्