Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


आगलागी तथा उद्धार प्रतिकार्य सम्बन्धी पुनर्ताजगी अभ्यास


143
Shares

बर्दिया । बर्दियाको राजापुरमा आगलागी तथा उद्धार प्रतिकार्य सम्बन्धी संयुक्त रुपमा काल्पनिक पुर्नताजगी अभ्यास सम्पन्न भएको छ ।

नगरपालिका वडा नं. ४ स्थित अमर शहिद विद्यालयको मैदानमा काल्पनिक अभ्यास सम्पन्न गरिएको हो ।

यो समय हावाहुरी चल्ने समय भएकाले आगलागी भएको खण्डमा कसरी नियन्त्रण गर्ने, ग्यास सिलिन्डरमा आगलागी भए कसरी निभाउने, घाइतेहरुको उद्वार र कहाँ सम्पर्क गर्ने लगायतका विषयमा सहभागी माझ दृश्यावलोकन गराइएको थियाे।

राजापुर नगरपालिकाको आयोजना, युएसआईडी नेपालको आर्थिक तथा एचआईएफईएसकाेको प्राविधिक सहयोगमा काल्पनिक अभ्यास गरिएको हो ।

नगरपालिकाले विभिन्न क्षेत्रको सहयोगमा तालिम प्राप्त १५ जना अग्नीनियन्त्रक दस्ता समेत तयार पारेको छ ।

नगरपालिका क्षेत्रभित्र जुनसुकै ठाँउमा आगलागी भएपनि साधनश्रोतका साथ दस्ता तैनाथ गर्न सकिने गरि वकीटोकीको व्यवस्था मिलाइएको नगर उपप्रमुख मनकला कुमारी चौधरीले बताउनु भयो ।