Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


घुससहित रंगेहात प्रहरी सहायक निरीक्षक पक्राउ


1.2k
Shares

सिरहा । घुससहित रंगेहात प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा खटिएकाे टाेलीले घुससहित प्रहरी सहायक निरीक्षक सचिन भदैसवारलाई रंगेहात पक्राउ गरेको हाे ।

मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भदैसवार ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिएलगत्तै इलाका प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनी मुद्दा फाँटमा कार्यरत रहेको बुझिएको छ ।